Logo
Logo

अध्यक्ष नेपाल अस्वस्थ


3.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको उनको नीजि सचिवालयले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । उनको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्