Logo
Logo

नेता लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी


6.4k
Shares

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् । नेता लेखीले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको बताएका हुन् ।


राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

उनले दृष्टिन्यूजसँग कुरा गर्दै भने– ‘म जुन राजनीतिक दलमा आवद्ध भए त्यो दलले वैकल्पिक राजनीतिक शक्तिको रुपमा आफूलाई उभ्याउन सकेन । अन्य राजनीतिक शक्तिभन्दा फरक हुन सकेन । त्यसैले यहाँ बस्नुको अर्थ रहेन । त्यसैले राजीनामा दिएको हुँ ।’

लेखीको राजीनामा पछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)मा जाने चर्चा चले पनि लेखीले भने जसपामा जानुको अर्थ नरहेको बताए ।

जसपा र लोसपा दुवै पार्टीले केही गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेका लेखी एमाले, काँग्रेस वा माओवादी मध्ये कुनै एक दलमा प्रवेश गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्