Logo
Logo

कर्मचारी समायोजनसम्बन्धी सबै मुद्धाको सुनुवाइ स्थगित


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरु स्थगित गरेको छ । बिहीबारका लागि ती मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो ।

आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको दावी गर्दै कर्मचारीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि नयाँ कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ ।

पुराना कर्मचारीको समायोजनले आफूहरुको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्