Logo
Logo

सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार, को-को भए उपस्थित ?


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठक केही ढिला गरि सुरु भएको हो ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भएपनि प्रमुख प्रतिक्ष नेकपा एमाले भने बैठकमा सहभागी भएका छैनन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’ नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन् ।

देउवाको सचिवालयले बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले आज (विहान) आफूहरु यो बैठकमा नजाने बताएका थिए । वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले बैठकमा सहभागी नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्