Logo
Logo

अखिल क्रान्तिकारीको २२औँ सम्मेलन आज सुरु, अध्यक्षका लागि नौ जना दावेदार


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ सम्मेलन आजबाट सुरू भएको छ ।
नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौँमा दिउँसो १२ बजेबाट सुरु हुने सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

असोज १६ गतेसम्म चल्ने सम्मेलनले अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्नेछ । यसपटक वर्तमान अध्यक्ष रन्जित तामाङ भने आकाँंक्षी छैनन् ।
क्रान्तिकारीको अध्यक्षमा हालका उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित पञ्चा सिंह, दिपक देवकोटा, विजय गौतम, दीपेश पुन, रविकिरण यादव, तिलक भण्डारी, उत्तम अधिकारी र इन्द्र भुसाललगायत ी ९ जना अध्यक्षका आकांक्षी छन् ।

अध्यक्ष तामाङका अनुसार सहमतिमा नेतृत्व चयन गर्ने क्रान्तिकारीको तयारी रहेको छ । सहमतिमा कुरा नमिने चुनावमार्फत् नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्