काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौँ । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा पारिएको बताए ।
पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको उनको भनाइ छ ।