Logo
Logo

प्रतिनिधिसभाको बैठक १९ गतेसम्म स्थगित


630
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक सरुमै अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउनेवित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख सापकोटाले बैठक अगाडि बढाएका थिए ।

बैठकको सुरुमा राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजीसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाएपछि उनले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए ।

सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए ।

बैठकमा नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण उनले गराएका थिए । प्रतिनिधिसभाको बैठक यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्