Logo
Logo

‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भयो’


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए ।

बिहिबार अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन समयमै गर्न जोड गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले भने, ‘स्ववियु चुनाव समयमा हुन नसक्दा विद्यार्थी नेता उत्पादन गर्ने नर्सरी बन्द भएको छ । यस्ले गर्दा विद्यार्थी आन्दोलन समेत कमजोर भयो । अब अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन समयमै गर्न जोड गर्ने छ ।’

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनबाट सबै विद्यार्थीलाई एकतावद्ध गर्न सक्ने नेतृत्व आउने उनको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक संसद विघटन गर्दा अखिल क्रान्तिकारीले त्यसको समाना गरेर विजयको झण्डा फराएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्