काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एक्लो बनाएको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रथम विद्यान महाधिवेशनमा राजनीतिक प्रतिवेद प्रस्तुत गर्दै कांग्रेससँग मिलेर प्रचण्डबाट आफ्नो नेतृत्वको सरकार र एमालेलाई एक्लो बनाएको बताएका हुन् ।
उनले भने, ‘वाम गठबन्धन बनाएर हामीले चुनावमा उत्साहजनक परिणाम हासिल गर्यौँ। तर प्रचण्डले भने कांग्रेससँग मिलेर सरकार बनाउने र एमालेलाई एक्लो पार्ने प्रयास भयो, जुन अवसरवाद र अनैतिक राजनीतिको भद्दा अभिव्यक्ति थियो ।’
नेकपा हुँदा प्रचण्डले आफ्नोनिवासलाई गुटको ‘हेडक्वार्टर’ बनाएको आरोप लगाए । प्रचण्डको निवास केन्द्रीय सचिवालय, विचार, पार्टी सञ्चालन र राजनीतिको केन्द्र होइन, कुण्ठा, किचलोर अन्त्यहीन गुटबन्दीको थलो भएको उनको भनाइ थियो ।