Logo
Logo

अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ


1.1k
Shares

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रबार चार जना पूर्व प्रधानन्यायाधीशलाई सफाइ दिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा उक्त निर्णय असंवैधानिक भएको दाबी गर्दै पूर्व प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेका थिए ।

उक्त विज्ञप्ति अदालतलाई प्रभाव पार्ने गरी निकालेको भन्दै अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त निवेदनकामाथिकाे बहसपछि राणा र मल्लको इजलासले दाबी नपुग्ने फैसला सुनाएको हो ।

२०७७ साल पुष ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि २०७७ पुष २४ गते ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए । उक्त विज्ञप्ति अदालतलाई प्रभाव पार्ने भन्दै अधिवक्ताहरू भट्टराई र बस्नेतले अदालतको अवहेलनासम्बन्धी माघ १६ गते रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्