Logo
Logo

एक-दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड


252
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको बताएका छन् ।

माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ अगामी एक दुईदिन भित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

उनले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताए । उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्