काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान आज (आइतबार) बिहान ९ बजेदेखि १ बजेसम्म हुँदै छ ।
शनिबार महानगर पदाधिकारीमा सहमति हुन नसकेपछि निर्वाचन आजका लागि सारिएको काठमाडौं कांग्रेस जिल्ला सभापति सबुज बानियाँले बताए । महानगरमा पदाधिकारीबाहेकका पदमा सहमति भएको बताइएको छ ।
अधिवेशनको शनिबार कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह– गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।
पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो । विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ ।