काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले एमलो अध्यक्ष केपी ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन् ।
शनिबार अनेरास्ववियुको प्रथम स्थायी कमिटीको पुर्ण बैठकलाई टेलीफोन मार्फत सम्बोधन गर्दै खनालले ओलीलाई दक्षिण पन्थी, अवसरबादी तथा अहंकारी रहेको आरोप लगाएका हुन् ।
बरिष्ठ नेता खनालले भने ‘ओलीको त्यहि गलत प्र्रवृतिलाई पछिल्लो समय दश भाईले स्वीकार गरेर अवसरवादको भरमा हिनेका छन्, उनीहरुलाई पछुतो लाग्नेछ’ मैले युगदेखि ओलीलाई चिनेको छु । यी कस्ता स्वार्थी छन् भन्ने भनिराख्नु नपर्ला ।’ उनले भने, ‘पार्टी र जनतामाथी यिनले लात हानेका हुन ।’