काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । गोदावरीमा जारी एमालेको विधान महाधिवेशअन्तर्गत पार्टी प्रवेश कार्यक्रमबाट लेखी एमालेमा जान लागेका हुन् ।
एमालेबाटै आफ्नो राजनीतिको सुरुवात भएको बताउँदै उनले पुनः एमालेमै जाने बताए । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेसवादीबाट दलमा सक्रिय थिए ।