Logo
Logo
एमाले विधान महाधिवेशन

एमालेमा १५ पदाधिकारी, बरिष्ठ उपाध्यक्ष र उपमहासचिव रहने


2k
Shares

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद कायम रहने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर, समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेपछि ती पद कायम रहने भएको हो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।

यस्तै, विशेष महाधिवेशनमा कोषध्यक्ष राख्नुपर्ने माग उठेको थियो । तर, त्यो आवश्यक नपर्ने भएकाले कोषध्यक्ष पद राख्दा लोकप्रिय व्यक्ति चुनिएर आउन सक्ने, चर विषयविज्ञ नहुनसक्ने भन्दै उनले आर्थिक विभाग प्रमुख नै राख्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्