काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्तीमा ५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा रहेको छ भन्ने आफूहरुलाई आवश्यक रहेको बताएका छन् । आउँने निर्वाचत मार्फत ५१ प्रतिशत मत एमालेको पक्षमा आउँनै पर्ने अभियान जुटन उनले निर्देशन समेत दिएका छन् ।
ललितपुरको गोदावरीमा आज तेस्रो दिन एमालेको विधान महाधिवेशन जारी छ । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका अध्यक्ष ओलीले समूहगत छलफलबाट आएको सुझावलाई सम्बोधन गर्ने क्रममा आउँने निर्वाचन मार्फत कम्तीमा ५१ प्रतिशत मत एमालेको पक्षमा आउँने गरी जुटन निर्देशन दिएका छन् ।
‘अहिले केही मान्छेले एमालेका नेताकार्यकर्ताहरुलाई ताने, फकाएर, भ्रममा पारेर लाने गरेका छन् । भ्रममा परेर अर्कै पार्टी (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्काउन आवश्यक छ । तपाईहरु जो जहा हुनुहुन्छ त्यहीँबाट फर्काउने अभियानमा लाग्नु, हामी माथिबाट लाग्छाँै’ ओलीले भने ।
एमालेलाई केही मान्छेले कमजोर बनाउँन खोजेको बताउँदै एमाले कमजोर नभएको बताए । अहिले पनि एमाले देशको सबैभन्दा ठूलो र जनताको विश्वासिलो पार्टी रहेको बताउँदै ताए ।
अहिले एमालेमा प्रवेश गर्नेको लर्को लागेको उनको भनाइ छ । उनले भने, ‘आजै यहाँ धेरै नेताहरु एमालेमा प्रबेश गर्नका लागि लर्को लागेको हेर्नुभयो’ उनले भने, ‘कसैले कमजोर बनाउँदैमा एमाले कमजोर हुने होइन् ।’