काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशन सार्ने निणर्य गरेको हो ।
कांग्रेले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने मिति तय गरेको थियो । क्रियाशील सदस्यलगायत विभिन्न विवाद टुंगो लाग्न बाँकी रहेकाले महाधिवेशन सार्नुपर्ने अवस्था आएको एक नेताले बताए ।
दृष्टिन्युजसँग कुरा गर्दै ती नेताले भने, ‘महाधिवेशनको मिति सर्यो, यहि मितिमा गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, पुसभित्रै महाधिवेश गर्ने गरी नयाँ मिति तोकिने छ ।’