काठमाडौं । सरकारले केही सहसचिवहरुको सरुवा गरेको छ ।
सरुवाअनुसार पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारीलाई पठाइएको छ । त्यस्तै, गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा तिर्थराज भट्टराईलाई पठाइएको छ । भट्टराई यसअघि महोत्तरीका सिडिओ थिए । ६ महिनामै सिडिओबाट उनी हटाइएका थिए ।
सरकारले थप ठूलो संख्यामा कर्मचारी सरुवाको तयारी गरिरहेको छ ।