Logo
Logo

जसपाबाट राजेन्द्र, रामसहाय, प्रमोद र रेणु मन्त्री


8.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मन्त्रीको नामावली टुंगो लगाएको छ । मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी पाएका अध्यक्ष उपेन्द्र यादवले आजै मात्र नामावली टुंगो लगाएका हुन् ।

जसपा नेता इस्तियाक राईले राजेन्द्र प्रसाद श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, प्रमोद साह मन्त्री हुने बताए । सत्तारुढ पाँच दलीय गठबन्धनमा भएको सहमतिअनुसार जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण मन्त्रालय पाउनेछ ।

श्रोतका अनुसार राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, रेणु कुमारी यादवलाई कृषि तथा पशुपंक्षि मन्त्रालय, रामसहाय यादवलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयर प्रमोद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्