काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंंगो लगाएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री, दिलेन्द्र बडु कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री र उमाकान्त चौधरी खानेपानी मन्त्री हुने भएकी छन् । मिनेन्द्र र दिलेन्द्र पौडेल पक्षबाट मन्त्री बन्न लागेका हुन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् । यसअघि कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्रीमा नारायण खड्का तथा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेका छन् ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाले आफ्नो पार्टीबाट मन्त्री हुनेको नामावली टुंगो लगाएसँगै प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी गरेका छन् ।