Logo
Logo

गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री बनाइएको हो : प्रचण्ड


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकारसँग कुराकानी गर्दै उनले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए । अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको समेत बताए ।

उनले भने, ‘कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।’ सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै उनले सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको बताए ।

‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ अध्यक्ष्ँ प्रचण्डले भने, ‘यो नयाँ कुरा होइन ।’ उनले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै मानिसलाई त्यही भन्न मन लागेर भनेका यस्तो बताएका दावी गरे ।

‘सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ’, उनले भने, ‘जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।’ अध्यक्ष दाहालले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राखे । उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिए ।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उनले भने, ‘लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।’
अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।’ संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष दाहालले भने, ‘पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।’

प्रतिक्रिया दिनुहोस्