धनुषा । धनुषाको नगराइन नगरपालिका–७ मा एकै परिवारका तीन जनाको शव फेला परेको छ । फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहको शव घरभित्रै शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
गुडियाले दुवै छोराको हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्त बस्नेतले बताए । उनका अनुसार मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।