वीरेन्द्र रावल/ धनगढी ।
विश्वका मजदुरहरुले मे १३० औं विश्व मजदुर दिवस मनाई रहँदा धनगढीका विपत्तराम चौधरी भने दिनभरी सडकमा रिक्सा चलाउन विवश देखिन्थे । उनलाई मजदुर दिवस भनेको के हो भन्ने समेत पनि थाहा थिएन । विपरित दिसाबाट नेपाल ट्रेड युनियन काँग्रेसको ¥याली एलएन चौकतीर आईरहेका बेला उनी सडक छेवैमा रिक्सा रोकेर सोध्दै हुनुहुन्थ्यो फेरी के को जुलुश आयो भनेर ।
उहाँले भन्नु भयो— हामाी मजदुर र नारा लगाउने मजदुर त एउटै कसरी होलान हैनर ? त्यसको लगत्तै फेरी नेपाल ट्रेड युनियन महासंघको पनि मोटरसार्यकल ¥याली आउँदा फेरीस् उहाँले सोध्नु भयो — मजदुर त भन्छन तर मोटरसाईकलमा पो नारा लगाउँदै हिड्छन् ?
विवश्व मजदुर सिदवसमा मजदुरहरुको पनि फरक फरक परिभाषा लाग्ने अवस्थाले खास मजदुरहरुको तहमा नेपालका ट्रेड युनियनहरु पुग्न सकिरहेको पो होईनकी भन्ने अर्थ विपत्त रामको भनाई बाट स्पष्ट झल्किन्थ्यो ।
नेपालमा क्रियाशिल विभिन्न राजनीतिक दलहरु संग आवद्ध ट्रेड युनियनहरुले विभिन पेशामा काम गर्ने व्यक्तिहरुको हकि हित र पेशागत सुरक्षाका लागि भनेर खोलिएका संघ÷संगठनहरुले वास्तविक तहमा काम गर्न नसकेकोको पो होकी भन्नु हुन्छ— एञ्जिला अफसेट प्रेसका सञ्चालक नारायण भण्डारी । भण्डारीले भन्नु भयो— मैले प्रेस त सञ्चालन गरेको छुँ आठ ÷दश जना कामदारले पनि काम गर्छन तर मजदुर दिवस के हो हामीलाइनी थाहा छैन , उहाँले भन्नु भयो किनकी म आफै मजदुर संग मिलेर काम गर्छु, काम नगरेको दिनमा कामदारको घरमा चुल्हो बल्दैन भने दिवसको के अर्थ ।
राज्यले नेपालमा लगानीको वातावरण, उद्योग सञ्चालनका लागि प्रयाप्त मात्रामा सहुलियत र अनुदानको वातावरण सृजना गर्न सकेको भए आज नेपालमा जति सानो होस् या ठूलो उद्योग हो्स् तीं उद्योगहरुमा काम गर्ने कर्मचारीहरुले पनि काम अनुसारको दाम र सम्मान पाउने सम्भावना रहन्थ्यो ।
पुर्नवास नगरपालिका कञ्चनपुर घर वताउने रामदास राना पनि मजदुर दिवसको दिनमा धनगढी नगरमा आफ्नो नावालक छोरालाई साथमा लिएर रिक्सामा प्लाष्टिक बोक्ने काममा व्यस्त देखिनुहुन्थयो । विद्यालय जाने उमेरको छोरालाई साथमा लिएर आफु संगै सडक छेउछाउमा फालिएका फोहरहरु संकल गरेर पेट गुजारा चलाृउन विवस रहेको बताउनु हुन्छ रामदास । रामदासलmे भन्नु भयो— ५ जनाको परिवार छ । खेतीपाती छैन । धनगढीमा ५ बर्ष देखि रिक्सा चलाएर घपरिवारको पेट पाल्दै आएको रिक्सा पचलाउने पेशा अटो रिक्साका कारण विस्थापित भएपछि यति खेर मानिस नपाएर फोहर कागज फालिएका प्लाष्टिक संकलन गरेर जीविकोपार्जन गरिरहेको छुँ ।
सरकारी कार्यालय,बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि विश्व मजदुर दिवस लागु भएतापनि जसलाई साँझ खाए विहान के खाने भन्ने अवस्थाका बास्तविक मजदुरहरु छन् उनिहरुका लागि भने विश्व मजदुर दिवस कागलाई वेल पाक्यो हर्षन विस्मातको अवस्था झैं हुनेृ गरेको उनिहरुको भनाई रहेको छ । मजदुर दिवस हो आज घरमै बसेर विदा मनाऔं भन्ने हो भने पेट भोकै रहन्छ । त्यो भन्दा त दिनभरी रिक्सा चलाउनुनै उचित ठानेर काम गर्नु पर्ने बाध्यता रहने गरेको भनाई अधिकाँश मजदुरहरुको रहेको छ ।
नेपालमा विद्यमान वेरोजगारी,अशिक्षा र असमानतको खाडल जवसम्म रहन्छ तब सम्म बास्तविक मजदुरहरुका लागि विश्व मजदुर दिवसको अर्थ नरहने धारणा बुद्धिजीविहरुको रहेको छ ।