Logo
Logo

मोतीपुर घटनामा मृत्यु हुनेका परिवारलाई जनही एक लाख दिइने


819
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन् ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो । त्यस्तै दुबै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि मुख्यमन्त्री केसीले जानकारी दिए ।

उनले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन पनि दिए । उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्