काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । सोमबार पेरीसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
हाल गठबन्धनको संघीय सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री रहेकाछन् । बैठकमा उपस्थित एक नेताका अनुसार माओवादीका मन्त्रीहरुले उक्त कमिटीको सुझाव अनुसार काम गर्नुपर्ने छ ।
कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्ने तथा जनपक्षीय काम गर्न सहयोग गर्ने बताइएको छ । उक्त कमिटीमा तीनदेखि पाँच सदस्यीयसम्म रहने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।