काठमाडौं । सरकारले साफ खेलेर फर्किएका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएका राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
१३औंँ साफ च्याम्पियनसिपको उपविजेता बनेका नेपाली टोली सोमबार स्वदेश फर्किएको थियो । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि उपविजेतामै चित्त बुझाउनु परेको थियो ।