Logo
Logo

‘बाध्यता’ को जातक हत्यामा कम सजाय


11.2k
Shares

काठमाडौं । असुरक्षित यौन सम्बन्ध राखी सम्बन्धित पुरुषले स्वीकार नगर्दा त्यस्तो अवस्थामा जन्मेको शिशुको हत्यामा अन्य हत्या अपराधमा जस्तो गरी सजाय तोक्न नहुने ठहर सर्वोच्च अदालतले गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले एक किशोरीले बच्चा जन्माएर हत्या गरेको मुद्दामा जिल्ला अदालतले तोकेको जन्मकैदको सजाय घटाएको छ ।

२०७७ फागुन ७ मा गरिएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो । सर्वोच्च अदालतले विवशतामा परी गरिएको जातक हत्यालाई अन्य हत्यासरह लिन नहुने ठहर गरेको छ  ।

यस्तो छ घटना विवरण
२०७५ सालमा पर्वत फलेवासकी १६ वर्षीया किशोरीलाई स्थानीय मनबहादुर मल्लले ललाईफकाई यौन सम्बन्ध राखी गर्भवती बनाएका थिए । गर्भवती भएपछि ती किशोरीले सम्बन्धित पुरुषलाई खबर गरेकी थिइन् । उनले आफूलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

तर मल्लले आफूले विवाह नगर्ने भन्दै गर्भमा रहेको बच्चा जन्मिना साथ मार्न सुझाव दिएर सम्पर्कविहीन भएका थिए । ती किशोरीले घर, परिवार, समाज सबैको डरले नौ महिनासम्म गर्भ लुकाएकी थिइन् । उनले बच्चा जन्मिनासाथ मारेर फालिदिएकी थिइन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्