Logo
Logo

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने


756
Shares

काठमाडौं । छिमेकी राष्ट्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ ।

मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा यीले थप २० लाख डोज कोरोना विरूद्धको खोप अनुदानमा दिने प्रतिबद्धता जनाएका हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको जानकारी दिएको छ।

दुईबीचमा तातोपानी नाका खुलाउने र सँगै मिलेर कोरोनाविरुद्ध लड्नेलगायत विषयमा कुराकानी भएको बताइएको छ । टेलिफोन संवादपछि परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्