काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशन सम्पन्न गर्न नेता रामबहादुर थापा ‘बादल’को संयोजगत्वमा मूल व्यवस्थापन कमिटी गठन गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले बादलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल सदस्य रहेका छन् । त्यसैगरी मूल व्यवस्थापन कमिटी ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक/एक जना प्रतिनिधि रहने सचिव ज्ञवालीले जानकारी दिए ।
पूर्व माओवादी नेता बादल केही समय अगाडि मात्र एमाले प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्कदा उनी एमालेमै रहेका हुन् ।