Logo
Logo

प्रदेश १ मा धानबालीमा कति भयो क्षति ?


315
Shares

काठमाडौं । लगातार परेको अविरल वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा रहेको धानबालीमा क्षति पु¥याएको छ ।

प्रारम्भीक अनुमान अनुसार प्रदेश १ का १४ जिल्लाको ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको थियो ।

५० हजार हेक्टर अर्थात् करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।

३ प्रतिशित अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको पाकेको धान हावाहुरीले पानीमा लडाएको कारणले कामनै नलाग्ने गरि पूर्ण रुपमा क्षति भएको उनको भनाई छ । प्रदेश १ मा किसानले रन्जित, सानो मन्सुलीलगायतका धानका प्रकार लगाएका छन् ।

‘अहिलेको यो प्रारम्भीक तथ्याङ्क हो, क्षतिको विवरण अझै बढ्न सक्दछ’, मन्त्रालयका प्रवक्ता उप्रेतीले भने । प्रदेशको धान उत्पादनको भण्डार मानिने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी हावाहुरी र वर्षाले क्षति पु¥याएको उनले बताए ।

मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ ।
सुनसरीमा ५३ हजार हेक्टर मध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पु¥याएको हो ।

त्यस्तै, ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्