Logo
Logo

एमाले केन्द्रीय सदस्यमा दुई जना थप


8.8k
Shares

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

पिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ ।

यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार मुलुकभर वडास्तर र यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्