Logo
Logo

स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन शुक्रबारदेखि खुल्ने


2.1k
Shares

काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवदेन खुलाउने जानकारी दिएको छ । विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाइने जानकारी दिएको छ ।

झन्डै छ महिनाअगाडि दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ आवेदन यही साताको शुक्रबारसम्म खुला गरिन लागेको विभागले जनाएको छ ।

तर काठमाडौंमा नयाँ आवेदकहरूको ट्रायलको पालो पुसभन्दा अघि हुन सम्भव नभएको पनि विभागले जनाएको छ । पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा हुँदै गर्दा आवेदन भने लिएर राखिन लागेको हो।

काठमाडौं जिल्ला बाहिर भने आवेदन लिएसँगै लिखित र ट्रायल पनि हुने सम्भावना उच्च छ। विभागले यतिबेला ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ।

स्मार्ट लाइसेन्सको छपाइ भने अझै पनि सुस्त छ। हाल काम बन्द भए पनि स्मार्ट लाइसेन्स छपाइ कात्तिक अन्तिम सातादेखि अर्थात् तिहारपछि हुने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्