Logo
Logo

आज सर्वोच्च अदालतमा ‘फुलकोर्ट’, १४ जना न्यायाधीश नजाने


1.1k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमबार) सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक राख्दै छन् । जबराले सोमबार दिउँसो साढे १ बजेका लागि नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत सहभागी हुनेगरी ‘फुल कोर्ट’ बैठक बोलाएका हुन् । तर अन्य न्यायाधीशहरूले भने बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीशले फुल कोर्ट बैठक बोलाएपछि आइतबारै अपराह्न सर्वोच्च अदालतमै बसेको १४ जना न्यायाधीशहरूको बैठकले त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेको लगायत आरोपका कारण घेराबन्दीमा परेका जबराले आइतबार बार एसोसिएसनसँगको बैठकपछि फुलकोर्ट बोलाएका हुन् ।

आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको उनले आइतवार बताएका थिए ।

अहिले देखिएका सबै समस्या र उठेका प्रश्नको समाधानबारे सोमबार बस्ने फुल कोर्टमै छलफल गर्ने उनले बताएका छन् । आइतबार बारका पदाधिकारीसँग जबराले तीन घण्टा लामो छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्