Logo
Logo

अर्थतन्त्रमा देखिएन सुधारको सङ्केत


378
Shares

काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकहरू नकारात्मक नै देखिएका छन् । चालू आवको पहिलो महिना साउनदेखि अर्थतन्त्रको विभिन्न सूचक नाकरात्मक देखिन थालेको थियो, त्यसले भदौमा पनि निरन्तरता पाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार भदौमा पनि शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, चालू खाता, वैदेशिक व्यापार, विप्रेषण आप्रवाहलगायतका सूचकमा नकारात्मक सङ्केत देखिएका छन्, जुन सूचकहरू साउनमा पनि नकारात्मक देखिएका थिए ।

भदौसम्म आउँदा शोधनान्तर घाटा र चालू खाता घाटा थप बढेको छ भने विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ । विप्रेषण आप्रवाह घट्ने क्रमले पनि निरन्तरता पाएको देखिन्छ । साथै, वैदेशिक व्यापार घाटा पनि ह्वात्तै बढेको छ । फलतः अर्थतन्त्रमा अझै पनि सुधारको सङ्केत नदेखिएको प्रतिवेदनले पुष्टि गरेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्