Logo
Logo

लागूऔषधसहित एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राउ


1.2k
Shares

जनकपुरधाम । सिरहाबाट एक वडाध्यक्षसहित दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । सोमबार बेलुका ६ बजेतिर सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किँदै गर्दा जिल्ला माडर नाकामा चेकजांचको क्रममा वडाध्यक्ष यादवको साथबाट लागूऔषध बरामद गरेको हो ।

यादवको साथबाट प्रहरीले नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरिएको र थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको उनले बताए । यादव नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यस्तै सिरहा नगरपालिकाकै वडा नम्बर १८ ईटारीमा वडा प्रहरी कार्यालय (ख)बाट खटिएको प्रहरी टोलीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

स.४प. ७६०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा जिल्लाको अर्नामा गाँउ पालिका ३ बस्ने वर्ष २३ को पप्पु दासलाई अबैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहा प्रहरीका अनुसार उनको साथबाट फेनारागन ईन्जेक्सन(१०० पिस, डाईजेपाम ईन्जेक्सन १०० पिस र नोर्फीन ईन्जेक्सन १०० बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्