Logo
Logo

एमाले परित्याग गरी प्रभु साहले नेकपा घोषणा गर्दै


42.6k
Shares

काठमाडौं। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रुपमा नेकपा एमालेलाई मान्नुपर्ने फरक विचार राखेर संघर्ष गर्दै आएका नेता तथा पूर्वमन्त्री प्रभु साहले अन्ततः नेकपा पुनर्गठन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर गठन भएको नेकपा सर्वोच्च अदालतको फैसलापछि विघटन भएको थियो । पूर्वमन्त्री साहले भने केपी ओलीको नेतृत्वलाई मान्ने तर नेकपाको निरन्तरता हुनुपर्ने एमालेमा सर्तमा राख्दै आएका थिए ।

एमाले अध्यक्ष केपी ओलीले पुरानै विचार बोकेको, पुरानै शैलीको एमालेलाई सक्रिय गराएको भन्दै साहले भने ८ बुँदे प्रस्ताव अघि सारेका थिए । अध्यक्ष ओलीले मुखमा नेकपाको निरन्तरता भन्ने गरेको तर व्यवहारमा नमाने भन्दै साहले नेकपा पुनर्गठनको गृहकार्यमा थालेको बताएका छन् ।

प्रभु साह निकट एक नेताका अनुसार उनले सहमतिका लागि अन्तिम चरणसम्म प्रयास गरेको तर केपी ओली अग्रगमनलाई स्वीकार्नुभन्दा पुरानै विचार र एजेन्डामा फर्किएकोले साह र उनीनिकट नेताहरु जनतालाई धोका दिन नसक्ने निष्कर्षसहित नेकपा पुनर्गठनको तयारीमा जुटेका हुन् । ती नेताका अनुसार नेकपाको केन्द्रीय कमिटीसमेत चयन भइसकेको र केही दिनमै राष्ट्रिय भेलामार्फत देशलाई अग्रगामी निकास दिनका लागि भन्दै नेकपा पुनर्गठन भएको सन्देश दिने तयारी रहेको छ ।

देशलाई अग्रगामी निकास दिन तथा विद्यमान राजनीतिक संकट निवारणका लागि नेकपा पुनर्गठनमार्फत नयाँ समाजवादी केन्द्र बनाउने प्रभु साहको तयारी रहेको बुझिएको छ । नेकपा एकीकृत पार्टी रहँदा प्रभु साह पूर्वमाओवादी समूहबाट आएका थिए तर प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई सिध्याउन लागेको भन्दै केपी समूहमा गएका थिए । पार्टी विघटन भएदेखि नै प्रभु साहले माओवादी र एमाले दुवै पार्टी पछाड़ीं फर्केको भन्दै एमाले नस्वीकारी संघर्ष गरिरहेका थिए

प्रतिक्रिया दिनुहोस्