Logo
Logo

पाँचथर पहिरो अपडेट : बेपत्ता तीनको खोजी सुरु


1.6k
Shares

काठमाडौं । लगातारको वर्षाले बाढीपहिरो आएर बेपत्ता भएका तीन जानाको खोजीका लागी निकु र पिकु नामका दुई तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

संघिय प्रहरी एकाइ धरानका इङ्लििसपेक्टर केसभ अधिकारीको कमाण्डमा २५जना प्रहरी सहित २ तालिम प्राप्त कुकुरहरु परिचालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार टोलीले मिक्लाजुङ गाउँपालिका ५ को चिसोपानी पञ्चमी बजार नजिक तारभिरे भन्ने स्थानबाट खोजी सुरु गरिएको छ ।

असोज ३१ गते आइतबार देखि निरन्तर परेको वर्षाका कारण बाढी पहिरो गएर पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ का सुवोध राई र इलाम माङसेबुङ गाउँपालिकाका दुईका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा अझै बेपत्ता छन् ।

राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी/सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।

मंगलबार साँझ घाइतेका आफन्ताले फोनमार्फत उपचार गर्न बोलाएपछि उपचारका लागि वडा नम्बर ६ तर्फ गएका चिकित्सक अझै नभेटिएका छैनन् । पाँचथरमा हालसम्ममा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्