Logo
Logo

प्रधानन्यायाधीशको प्रश्न- राजीनामा दिनुपर्ने त्यस्तो के काम गरेको छु ?


2k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसैले राजीनामा माग्दैमा दिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रधानन्यायाधीशको गतिविधिप्रति असन्तुष्ट १४ जना न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफूले राजीनामा दिनैपर्ने कुनै पनि काम नगरेकाले राजीनामा नदिने जवाफ दिएका हुन् ।

छलफलको क्रममा प्रधानन्यायाधीश जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै कसैले राजीनामा माग्दैमा राजीनामा दिनुपर्छ भन्ने कुनै कारण नरहेको बताए ।

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट नै बहिस्कार गरेका १४ न्यायाधीशले प्रधानन्यायाधीशनको काममा प्रश्न उठेकाले सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा नदिने स्पष्ट पारेका थिए ।

उनले भनेका थिए– ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन पनि संविधान बमोजिम हुन्छ । कसैले सडकबाट दबाब दिए भन्दैमा राजीनामा दिने कुरा हुँदैन ।’

प्रधानन्यायाधीशको जवाफपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । आजको छलफलले नै बाँकी कदम कसरी अगाडि बढ्छ भन्ने निर्णय गर्ने बताइएको छ ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भागबण्डा खोज्नुका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै जबराको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्