Logo
Logo

राज्यको तीनवटै निकाय असफल भयो : ओली


882
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यका तीन वटै निकाय असफल भएको टिप्पणी गरेका छन् ।

सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको भएको पीडा भोगिरहेको एमालेको पालिका स्तरको अधिवेशन भर्चुअल माध्यमबाट आज उदघाटन गर्दै अध्यक्ष ओलीले व्यवस्थापिका, सरकार र न्यायालय असफल भएको बताए ।

परमादेशबाट सरकार गठन गर्न आदेश दिने संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने माग गर्दै उनले भने, ‘अहिले देखिरहनुभएको छ, आफैं श्रीमानहरु आफ्नो पोल खोलाखेलमा लाग्नुभएको छ ।’

परमादेशबाट गठन भएको सरकार पूर्णरुपमा असफल भइसके पनि देउवा सरकारले केही पनि गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘आफैले केही गर्न नसकेको तर राजदुत फिर्ता गरेर, कर्मचारी सरुवा बढुवा गरेर आतंक फैलाएको छ ।’ आफूहरुले उदघाटन गरेको, शिल्यान्यास गरेका योजना अगाडि नबढाएर सरकारले जनताको काम नगरी मनपरी गरिरहेको आरोप उनले लगाए ।

‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने हो । हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो । अहिले श्रीमान् न्यायाधीशहरु नै विगतमा कसले के–के गर्नुभएको थियो भनेर उधिन्न थाल्नुभएको छ’ ओलीले भने ‘उधिन्न जाँदा के–के रहेछ भन्ने देखिन थालेको छ । पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पु¥याउनु भएको छ । एकजनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ।’

निष्पक्ष भूमिका निभाउनुपर्ने सभामुखले एमालेलाई सिध्याउनका लागि नाङ्गो षडयन्त्र गरिरहेको पनि उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्