काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि ११ इजालास तोकेका छन् । चौतर्फी राजीनामा दिनुपर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले बुधबारका लागि इजलास तोकेका हुन् ।
तर, आज पनि न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले इजलास बस्ने सम्भावना निकै कम रहेको छ । प्रधानन्यायाधीशको विवादले सोमबार र मंगलबार इजलास बस्न सकेको छैन ।
सर्वोच्चका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गर्दै इजलास बहिस्कार गरेपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ भएको छैन ।
न्यायाधीशहरुले राजीनामा मागिरहेकै बेला बुधबार उनले इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने बताइसकेका छन् ।