पाल्पा । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पाल्पाका दश वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
पाल्पाको तानसेन नगर अधिवेशनबाट गुराँस आत्रेय निर्विरोध निर्वाचित भएका छन् भने, रामपुर नगरपालिकाको नगर अधिवेशनबाट विष्णु रेग्मी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, पाल्पाकै बगनासकाली गाउँपालिका अधिवेशनबाट अध्यक्षमा हरि पाठक चयन भएका छन् भने तिनाउ गाउँ कमिटी अध्यक्षमा प्रेम श्रेष्ठ निर्विरोध निर्वाचित भएको एमालेले जनाएको छ ।
यस्तै, पाल्पाकै रम्भा गाउपालिका अध्यक्षमा योगेन्द्रप्रसाद गैरे सर्वसम्मत चयन भएका छन् भने रैनादेवी छहरा गाउँ कमिटी अध्यक्षमा रामप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, पाल्पाकै रिब्दिकोट गाउपालिका अध्यक्षमा आशिष विश्वकर्मा निर्वाचित भएका छन् भने माथागढी गाउँपालिका अध्यक्षमा तेज घर्तीमगर निर्वाचित भएका छन् ।
यस्तै, पूर्वखोला गाउँपालिकाको अध्यक्षमा जीवन आचार्य निर्विरोध चयन भएको छन् भने निस्दी गाउँपालिकाको अध्यक्षमा नरेश सुनारी मगर निर्वचित भएका नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए ।