हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शाक्यले राजीनामाको घोषणा गरेकी हुन् ।
बैठकमा उनले आफ्नो छोटो समयमै केही उपलब्धिमूलक काम गरेकाे बताउँदै आफूलाई सहयोग गर्नेहरुलाई धन्यवादसमेत व्यक्त गरिन् ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनुअघि उनले राजीनामा दिएकी हुन् । उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
अल्पमतमा परेकी शाक्यले आफूले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएकी हुन् ।