काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलमा अल्मुताइरीले थप तीन वर्ष सम्झौताका लागि तयार भएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने बाचा गरेका छन् । उनले भनेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ उनले आगडि लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’