हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
बुधबार दिउँसो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकारको गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।
उनले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।