काठमाडौँ । सिंहदरबारभित्र गोली चलेको छ । गोलीले कुनै पनि प्रकारको क्षति भएको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
गोली कसरी चल्यो भन्ने विषयमा उनीसँग सोधपुछ भइरहेको प्रहरी स्रोतले बताएको छ । गोली मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।