Logo
Logo

राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै, आजै तीन मन्त्रीलाई सपथ


4.4k
Shares

काठमाडौं । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनलाई सरकार गठनको बाटो खुलेको हो । बागमतीका तेस्रो मुख्यमन्त्रीको रुपमा पाण्डेले आजै सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

ख्यमन्त्री नियुक्त भएपछि पाण्डेले आजै सानो मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने बताइएको छ ।

बागमतीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच आलोपालोको आधारमा सरकारको नेतृत्व गर्ने सहमति भइसकेको ।

प्रतिक्रिया दिनुहोस्