Logo
Logo

राजनीतिक सौदाबाजी गम्भीरः न्यायाधीशहरू


630
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले गठबन्धन सरकारमा भागबण्डा खोजेर राजनीतिक सौदाबाजी गर्नु गम्भीर विषय भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्नुपरेको ठहर गरेका छन् ।

न्यायपालिकाको नेतृत्व अक्षम भएका कारण न्यायमा अवरोध र विचलन आएको, पेसी तोक्दा पारदर्शिता नभएको ठहरसमेत उनीहरूको छ । न्यायाधीशले राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका कारण सुनुवाइ प्रभावित भएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० जना न्यायाधीश रहेकोमा १९ जना राणाका विपक्षमा देखिएका छन् ।

प्रधानन्यायाधीशले भने कुनै पनि हालतमा राजीनामा नगर्ने बरु महाभियोग सामना गर्न तयार रहेको बताइसकेका छन् । उनले संवैधानिक बाटोबाटै बाहिरिन तयार रहेको अडान सार्वजनिक गरेका हुन् । राणाको अडान सार्वजनिक भएपछि न्यायाधीशहरूले शुक्रबार बैठक बसेर अगाडिको बाटो तय गर्ने भएका छन् ।

मुद्दा सेटिङको विषय बारम्बार उठिरहेका बेला राजनीतिक सौदाबाजी गर्नुलाई आफूहरूले गम्भीर रूपमा लिएको एक न्यायाधीशले बताए । ‘सेटिङ भएको ठाउँमा न्याय पाउनेमा स्वाभाविक रूपमा विश्वसनीयता हुँदैन ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्