Logo
Logo

नाम फेरिएपछि तपाईंको फेसबुक अकाउन्टमा के परिवर्तन आउँछ ?


7.7k
Shares

एजेन्सी । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । सामाजिक सञ्जाल कम्पनी फेसबुकले कम्पनीको नाम मेटा राखेको छ ।

नाम फेरिँदा के फेसबुकको अकाउन्टमा केही असर होला ? फेसबुकसँग सम्बन्धित ह्वाट्सएप र इन्स्टाग्राममाथि यसको कुनै असर हुनेछ ? के मेटाका लागि प्रयोगकर्ताले छुट्टै अकाउन्ट बनाउनु पर्छ ? यी सबै प्रश्नको जवाफ यहाँ दिइएको छ ।

तपाईंका लागि केही पनि फेरिने छैन । मेटावर्स नाम हुँदा तपाईंको फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम अकाउन्टमा यसको कुनै असर हुने छैन । तपाईं आफ्नो लगइन आइडी र पासवर्डमार्फत् यी सबै सोसल मिडिया प्लेटफर्मलाई पहिला झैं प्रयोग गर्न पाउनुहुन्छ ।

भोलिका दिनमा कम्पनीले फेसबुकसमेत इन्स्टाग्राम, ह्वाट्सएप, अकुलसजस्ता एपलाई मेटावर्ससँग जोड्न सक्नेछ । अर्थात् सिंगल लगइनमा प्रयोगकर्ता यी सबै एप प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्