Logo
Logo

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम


10.4k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिइएको छ ।

शुक्रबार नेपाल बार एशोसिएसनले राजीनामा दिन जबरालाई ५ दिने अल्टिमेटम दिएको हो । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

शुक्रबार बसेको बार कार्यसमितिको बैठकले प्रधानन्यायाधीश जबरालाई ५ दिनभित्र राजीनामा गराउन आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यस्तै, उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ ।

बारले यो आन्दोलनको कार्यक्रम अवधिभर राजीनामा नआए थप कार्यक्रमको घोषणा गर्ने जनाएको छ ।

विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बारले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्