Logo
Logo

कांग्रेसले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन : नेता संग्रौला


504
Shares

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेका हुन् । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप नगर्ने उनको भनाई छ । संग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको भन्दै प्रतिपक्षले विरोध गर्दा जनताको मुख बन्द भएको धारणा राखे ।

त्यस्तै नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले समग्र न्यायापालिकाभित्र देखिएको विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिइन् । उनले सत्तापक्षले संसद्लाई आफ्नो स्वार्थअनुसार चलाएको पनि टिप्पणी गरिन् ।

साक्षात्कारमा लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफूहरुसँग प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने संख्या नै नभएकोले त्यतातिर केही नसोचेको बताए । राजनीतिमा अदालत प्रवेश गरेकाले अहिले अदालतमा पनि राजनीति प्रवेश गरेको उनले बताए ।

उनले अहिले देखिएको अदालतभित्रको समस्याको समाधान कोर्टले नै गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्